काठमाण्डौँ । भर्खरै प्राप्त खबर अनुसार आगामी फुलपातिलाई रिलिज तय गरिएको दीपक- दीपाको फिल्म छक्का पञ्जा ५ रिलिज हुने मितिमा जीतु नेपालको फिल्म ज्वाइँ साब भिडाउने तयारी भएको छ ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी जानकारी अनुसार निर्माता निर्देशकको प्रेसरका कारण ज्वाइँ साब लाई छक्का पञ्जासँगै रिलिज गर्ने तयारी गरिएको हो । बताईए अनुसार सम्भवत भोलि मंगलबार दिउँसो सम्म फिल्मको रिलिज डेट सहितको पोष्टर सार्वजनिक गर्ने तयारीका साथ यूनिट अन्तिम छलफलमा व्यस्त छ रे ।
उता छक्का पञ्जा टिमसँग अलग्गीएर अन्य टिमसँग फिल्म खेलिरहेका जीतु नेपाल भने निर्माता र वितरकको निर्णयले फिल्म जुधेको खण्डमा आफ्नो करियरमा के कस्तो असर गर्ला भनेर निकटतम फिल्मकर्मी र पत्रकारहरुसँग राय बुझिरहेका छन ।
जीतुलाई धेरै जसोले रिलिज नजुधाउन सुझाव दिएपनि यूनिटले सेफ ल्यान्डिङको मौका दसैनै हो , यस्ता बेला दुई वटा फिल्म मज्जाले चल्छन भन्दै आफ्नो अड्डी नछाडेको बताईन्छ ।
बसन्त निरौला निर्देशित ज्वाइँ साबको फुलपाति रिलिज डेलाई लिएर यूनिट भित्र अल्पमत देखिएको खण्डमा फाल्गुनको कुनै एक मितिमा रिलिज गर्ने सेकेण्ड अप्सनको तयारी समेत भईरहेको बताईन्छ । यस अघि यूनिटले ज्वाइँ साबलाई तिहारमा रिलिज गर्ने भनेर प्रचार गर्दै आएको पनि थियो ।
News Filmy Newsportal / Nepal