काठमाण्डौँ । आदरणीय, पुजनीय , ढोगनीय निर्माता तथा निर्देशक ज्यूहरु । कुनै पनि फिल्मको पहिलो झलक भनेको त्यस्तो झलक हो जसले समग्र प्रोजेक्टको चर्चा गराउँछ । भबिष्यमा प्रोजेक्टले के गर्ला भनेर प्रेडिक्सन गर्न पनि सघाउँछ ।
तर हामी कहाँ फिल्म मेकरहरुलाई यस्तो हतार हुन्छ कि, न्यूयोर्क जाने प्लेन नै छुटला जस्तो, ट्रेननै छुट्ला जस्तो । जस्तो कि, स्क्रिप्टनै रेडि नहुँदै फिल्मको सुटिङ डेट अनाउन्स गर्न । सुटिङनै सुरु नहुँदै रिलिज डेट घोषणा गर्न, पोष्ट प्रोडक्सनका कामहरु लयमा नपकड्दै फष्टलुक कन्टेन्ट निकाल्न । एवं प्राविधिक काम पूर्ण रुपमा नसकिदै प्रिमियर सो गर्न ।
हो यस्तै यस्तै कारणले राम्रो बन्ने संकेत दखाउँदा देखाउँदै पनि नेपाली फिल्मको फिनिसिङमा समयस्या देखिईनु सवै भन्दा विडम्बना हो भन्दा फरक नपर्ला । यस्ता समस्या अधिकाँश फिल्ममेकरहरुको हकमा देखिन्छ ।
तर आज चाँहि आगामी भदौँ १४ गते देखि रिलिज हुन लागेको फिल्म बर एण्ड बधुको प्रंसंगमा कुरा गरौँ ।
करिब एक महिना अघि यो फिल्मको फष्टलुक पोष्टर भन्दै एउटा पोष्टर निकालियो । त्यति बेला धेरै मिडियामा बर एण्ड बधुको पोष्टर भन्दै समाचार पनि देखिए । यूनिटमा हिरोइन आँचल शर्मा बाहेक प्राय निर्देशक मिलन चाम्स सहित प्राय सवैले फष्टलुक पोष्टर भन्दै एउटा पोष्टर सार्वजनिक पनि गरेको देखियो ।
तर उहीले सार्वजनिक गरेको पोष्टरले खासै चर्चा नपाएपछि बर एण्ड बधु यूनिटले अन्य थप ३ वटा पोष्टरहरु सार्वजनिक गरेको छ । सार्वजनिक भएका तीन मध्ये दुई पोष्टरमा फिल्मका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्मचार्य मात्र देखिएका छन भने बाँकी अर्कोमा प्राय सवै कलाकारलाई अटाईएको छ ।
यि पोष्टर अघिल्लो पटक फष्र्टलुक पोष्टर भन्दै निकालिएको पोष्टरको तुलनामा धेरै नै राम्रो छ । विशेष गरी हिरोले हिरोइनलाई आफ्नो सोल्जरमा बोकेको पोष्टर सवै भन्दा उच्चकोटीको र आर्कषक बनेको छ । तसर्थ यति राम्रो कन्सेप्ट हुँदा हुँदै पहिलेको पोष्टर सार्वजनिक गर्न यूनिटलाई किन हतार भयो । हेर्नुस अहिलेका तीन पोष्टर…

News Filmy Newsportal / Nepal