काठमाण्डौँ । अनमोल केसीले खेल्दिन भनेर रिजेक्ट गरेको फिल्म रावायणको टिमले धमाकेदार टिजर सार्वजनिक गरेको छ ।
निर्देशक सुर्दशन थापाले हिरोइन पूजा शर्मासँगको सहकार्यमा बनाएको फिल्मको टिजर हेर्दा लाग्छ आउँने भदौँ २१ गते देखि फिल्म हलमा दर्शकको चाप राम्रै देखिनेवाला छ ।
उच्च कोटीको प्रोडक्सन भ्यालु देखिएको टिजरमा पल शाह दोहोरो भूमिकामा देखिएका छन ।
ग्याङस्टार मुड देखाईएको फिल्ममा भिलेनका रुपमा देखिका कलाकार प्रमोद अग्रहरी सहित प्रकाश शाहको प्रस्तुती सवै भन्दा आकर्षक देखिएको छ । उनलाई गेटअपले मात्र सुहाएको छैन एटिटिउडले पनि उत्तिकै सुहाएको छ । पल शाहको दाह«ी र जुंगाको गेटअपमा गरिएको मेकअपमा र भिएफएक्स, एसएफएक्स र सिजीआई तर्फ भने अलिकति प्रश्न गर्ने ठाँउ भने देखिएको छ । अर्थात फिनिसिङ अझै दिएको भए सुनमा सुगन्ध हुने थियो ।

टिजरमा पूजा शर्मा रिपोर्टरको भूमिकामा देखिएकी छिन भने प्रियंका कार्की मुस्लिम युवतीको भेषमा देखिएकी छिन । निकिता चाण्डक लाई डान्सरको भूमिकामा प्रेजेन्ट गरिएको छ ।
मल्टी स्टारर रावायणले तराईको स्टोरी प्रेजेन्ट गरेको छ । झट्ट हेर्दा बलिउडको ग्याङस अफ वासेपुर कलर र हाल सालै रिलिज भएको सौगात मल्लको अगस्त्य लुक्समा पल शाहलाई देखिएता पनि फिल्मलाई निर्देशक थापाले उच्चकोटीमा बनाउन कुनै कम्प्रमाईज नगरेको भान हुन्छ । अर्को मुख्य कुरा के पनि छ भने यो फिल्मको विजिएम, एडिटिङ र सिनेमाटोग्राफी तारिफ योग्य देखिएको छ । सिनेमाटोग्राफी तर्फ कुरा गर्नु पर्दा सौरभ लामाले वार्म ग्रन्जी टेक्चरमा फिल्म कैद गर्दा यो फिल्म अझ उच्चकोटीको बनेको हो भन्दा फरक नपर्ला ।
टिजरको अर्थ टिज गर्न यानिकी जिस्काउन सफल हुनु हो । जुन मामलामा रावायण यूनिटले गज्जवको रिजल्ट ल्याउने संकेत देखाएको छ भन्दा फरक नपर्ला । युट्युब कमेन्ट सेक्सनमा पनि फिल्मले गज्जवको पब्लिक रिभ्यू पाईरहेको छ । हेर्नुस टिजर
News Filmy Newsportal / Nepal