सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक

काठमाण्डौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक परेको छ ।

उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ आएका बेला उनका पिता तुलसी प्रसाद भट्टराईले आज बिहान देह त्यागेका हुन ।

८५ बर्षिय तुलसी प्रसाद भट्टराई नशा र प्रेसरका विरामी थिए । उनलाई नरेशले एक हप्ता अघि मात्र काठमाण्डौँ ल्याएका थिए । बुझिए अनुसार आज दिउँसोको समयमा पशुपति आर्यघाटमा नरेशको पिताको अन्तिम संस्कार गरिदैछ ।