गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर : दयाहाङले फेरी बाजी मार्न सक्ने

काठमाण्डौँ । हप्तै पिच्छे महिनौ पिच्छे फिल्म रिलिज भएर अनेक तानावाना खेपिरहेका अभिनेता दयाहाङ राईको नयाँ फिल्म गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर निस्किएको छ ।

बिहिबार सार्वजनिक फिल्मको ट्रेलर हेर्दा फिल्मले उहिले उहिले ग्रामिण भेगमा गाडी नपुग्दाको कथालाई विविध शैलीमा प्रस्तुत गरेर दर्शकको ध्यान खिच्ने प्रयाश गरेको देखिन्छ ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राई एक छोराका पिताको भूमिकामा जर्वजस्त देखिएका छन । अभिनयको नवरस प्रस्तुत गर्न उनी हाल सम्मकै अब्बल पात्रका रुपमा देखिएको ट्रेलर हेर्दा लाग्छ । गाउँमा सर्वप्रथम गाडी आउँदाको मुडमा टेलिभिजन समेत भित्रिएको कथाले ट्रेलरलाई थप रोचकता प्रदान गरेको छ ।

नविन सुब्बा निर्देशित यो फिल्म विभिन्न मुलुकका अन्र्तराष्ट्रिय स्तरका फेस्टिभलमा सहभागी भएर नेपालमा प्रर्दशनमा आउँन लागेको हो । टिजर सार्वजनिक हुँदा फेस्टिभल मुडको फिल्म देखिएपनि ट्रेलरको कमर्षियल कटिङले यो फिल्मको व्यापारिक सम्भावना उच्च बढाईदिएको हो ।

आउँने जेठ २५ गते रिलिज हुने यो फिल्मबाट दयाहाङ राईले बक्स अफिसमा फेरी बाजी मार्न सक्ने सम्भावना देखाएका छन । फिल्ममा दयाको श्रीमती बनेर पशुपति राईले पनि सर्वोत्कृष्ट प्रस्तुती दिएको देखिन्छ भने छोराको भूमिकमा देखिएका बाल कलाकार प्रसन राईलेले सवैको ध्यान खिच्न सक्छन । आमोद राईको मुख्य लगानी रहेको फिल्ममा निर्देशक नविन सुब्बाको मेन्छायम पिक्चर्स संग रामबाबु गुरुङको व्यानर बाँसुरी फिल्मसले पनि सहकार्य गरेको छ । हेर्नुहोस ट्रेलर