सगरमाथा टेक्दै टासी देलेकको फर्स्टलुक पोष्टर सार्वजनिक गरिन हिरोइनले

काठमाण्डौँ । टेलिभिजन रियालिटी सो डान्सिङ स्टार्स नेपालकी विजेता समेत रहेकी कलाकार, मोडल तथा अभिनेत्री छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला राख्न सफल भएकी छिन ।

दुई हप्ताको कठिन संघर्षका बावजुत छिरिङले सगरमाथाको चुचुरोमा पाईला राख्दै राष्ट्रिय झण्डा सहित आफूले खेल्न लागेको नयाँ फिल्म टासी देलेकको फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरेकी छिन ।

लोकप्रिय संगीतकार शम्भुजीत बासकोटाले निर्माण गर्न लागेको फिल्म टासी देलेकमा छिरिङ मुख्य अभिनेत्री भएर खेल्दैछिन । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन ।

सगरमाथाको चुचुरोबाट सार्वजनिक गरिएको पोष्टरमा नाइँ नभन्नू ल ६ फिल्मबाट डेब्यू गरेका अभिनेता आर्शिवाद क्षेत्री र शेर्पा समुहका टोली प्रमुख लाक्पा डेन्डी शेर्पाका सहित छिरिङ फिचरर्ड छिन ।

प्राप्त जानकारी अनुसार नेपाली फिल्मलाई अन्र्तराष्ट्रिय फिल्म बजारमा प्रतिष्पर्धा गराउँने र चिनाउँने बहु उद्धेश्यका साथ शम्भुजीत  र निर्देशक सुवर्ण थापाले यो फिल्म बनाउँन लागेका हुन । यो फिल्ममा हलिउड संगीतकर्मी र मेकरर्सहरुको समेत सहभागिता रहने बुझिएको छ ।