प्रकाश सपूतले साइन गरे नयाँ फिल्म “पूर्ण बहादुरको सारङ्गी “

काठमाण्डौँ । अभिनयमा समेत निकै रुची राख्ने लोकप्रिय गायक प्रकाश सपूतले नयाँ फिल्म खेल्ने भएका छन ।

नेपाली फिल्महरुको अन्र्तराष्ट्रिय वितरणमा निकै अब्बल प्रर्दशन गर्दै आईरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले आफैले निर्माण गर्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाशलाई खेलाउँन लगेको हो ।

शुक्रबार बिहान निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जालमा वेल कम अन बोर्ड प्रकाश सपूत भन्दै एक तस्बिर सहितको जानकारी दिएका छन ।

प्रकाश यो फिल्ममा कस्तो रोलमा देखिने हुन त्यो भने अहिले खुलाईएको छैन । यो फिल्ममा विजय बराल पनि खेल्ने सम्भावना प्रबल छ ।

हिरोइन फाइनल हुन बाँकी देखिन्छ । सरोज पौडेलले फिल्मलाई निर्देशन गर्दैछन भने महेश दवाडीले स्क्रिप्ले तयार गरिहेका छन ।