काठमाण्डौँ । चैत्र शुक्लपक्षको पूर्णिमा तिथिलाई लक्षित गर्दै आज दुई नेपाली फिल्मको शुभ मूहूर्त भएको छ ।
एउटा राजधानीमा प्रदीप खड्कासँग अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले डेव्यू गर्न लागेको फिल्म ‘एक्टर’ र अर्को लमजुङको भुजुङ गाउँमा सौगात मल्ल र सृष्टी श्रेष्ठको मुख्य भूमिका रहने भाईरल गोर्खेको ।

छड्के फेम्ड निर्देशक निगम श्रेष्ठले सौगातलाई लिएर भाईरल गोर्खे निर्माण गर्न लागेका हुन जसको सुटिङ पनि आजैबाट लमजुङको भुजुङ गाउँबाट सुरु गरिएको छ । यो फिल्म कमेडी जनरामा बनाउँदैछन निगमले । मुहूर्तमा सौगात सहित निर्माता महेश लामिछाने, डिओपी अमर महर्जन, निर्देशक निगम श्रेष्ठ, बरिष्ठ अभिनेत्री लक्ष्मी गिरी लगायतका काष्ट एण्ड क्रुले पूजा आजा गरेका थिए ।

मुख्य अभिनेत्री सृष्टी श्रेष्ठ भने आजको मूहुर्तमा सहभागी थिईनन । उनी एक हप्ता पछि सेटमा जोइन हुने छिन । । बुझिए अनुसार गत बर्ष राधा फिल्म रिलिज सँगै ब्रेकअप गरेका सौगात र सृष्टी हाल मिलेको अवस्था छ । उनीहरु प्रोफेशनल्ली सँगै अघि बढने सम्झौता अनुरुप यो फिल्ममा काम गर्दैछन । तर केही नजिकका साथीभाईले भने उनीहरुको प्याचअप भईसकेको भनेर संकेत देखिएको भन्दै गसिप समेत गर्न थालिसकेका छन । यो बिषयमा सौगातलाई न्यूज फिल्मीले प्रश्न गर्दा उनले भुजुङबाट फोनमा भनेका छन ‘भो अहिले त्यसरी न्यूजमा नजाऔँ । फ्रोफेश्नल्ली पो हामी सँगै काम गरौँ भनेर अघि बढेको हो ।’

यो फिल्ममा बुद्धी तामाङ पनि देखिने खल्दैछन तर उनी पनि यतिखेर अमेरिकाका विभिन्न शहरमा आयोजित डिग्री माइलाको प्रर्दशन प्रचारमा ब्यस्त छन । उनी पनि केही दिन पछि सेट पुगिसक्ने बताईएको छ ।
विशाल ताम्राकारको समेत निर्माणमा सहकार्य रहेको यस फिल्मको सुटिङ गोरखा र चितवनमा पनि हुनेछ ।

News Filmy Newsportal / Nepal