दीलिप रायमाझीकी छोरीले खेल्ने पहिलो फिल्मको शुभ साईत गरियो

काठमाण्डौँ । लोकप्रिय अभिनेता दीलिप रायामाझीकी छोरी दिव्याले खेल्न लागेको पहिलो फिल्म ‘एक्टर’को शुभ साईत गरिएको छ ।

मंगलबार बिहान भैसीपाटीमा रहेको कार्यविनायक मन्दिरमा वैदिक विधिद्धारा हवन यज्ञ सहित फिल्मको शुभ साईत गरिएको हो । हवनको नेतृत्व लोकप्रिय  संचारकर्मी प्रकाश सुबेदीले गरेका थिए ।

मकै घर रेष्टूरेन्टका सञ्चालक समेत रहेका निर्माता थमन कुमार भण्डारीको निर्माणमा राजन भुषालले निर्देशन गर्न लागेको यो फिल्ममा दिब्याले अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा, दिव्यदेव, सुशिल सिटौला लगायतका कलाकारहरुसँग स्क्रिन फेस गर्दैछिन । फिल्मको सुटिङ भने दुई हप्तापछि गरिने बताईएको छ ।