बलिदानमा भित्रिए भ्वाईस ओभर किङ्ग

अनुप भट्टराई

काठमाण्डौँ । नेपाली फिल्म मेकरहरुको भिडमा सवै भन्दा उच्च क्वालिटीको फिल्म बनाउँन सदैव अगाडी देखिने मेकर सन्तोष सेनको नयाँ फिल्म बलिदानमा भ्वाईस ओभर किङ दिब्य देव पनि भित्रिएका छन ।

पछिल्लो समय अभिनय यात्रासँगै र सञ्चार क्षेत्रमा पनि लोकप्रियता हासिल गरिरहेका दिब्य देव त्यस्ता पर्फेक्ट कलाकार हुन जसको हाईट मात्र हैन भ्वाईस पनि गोल्डेन छ अनि अभिनय कला पनि उत्तिकै अब्बल । दिब्यले हालै मात्र खेलेको महाजात्राको मेजर रोल त्यतिकै तारिफ योग्य थियो जो यतिखेर पोइट आइडलको होस्टका रुपमा पनि ज्यादा परिचित भईरहेका छन ।

 

उनी पछिल्ला समय मार्केटमा देखिने र सुनिने अधिकाँश विज्ञापनका भ्वाईसओभर कर्ता पनि हुन । उनको आवाजको डिमान्ड विज्ञापन बजारमा सवै भन्दा माथि हुन थालेपछि आजकाल उनलाई भ्वाईसओभर किङ्ग समेत भन्न थालिएको छ । “अभिनयमा पारङ्गत दिव्य जीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ। ‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ” निर्देशक सेनको भनाई छ । यता अनुबन्ध भए लगत्तै दिब्यदेवले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताएका छन ।

‘बलिदान’को प्रमुख भूमिकामा अभिनेता विराज भट्टका छोरा समीरले डेब्यु गर्दैछन् भने अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा सहित अभिनेत्री ऋचा शर्मा पनि अनुबन्ध भइसकेका छन् । फिल्मको ६० प्रतिशत सुटिङका लागि हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा पवन ब्राडफोर्ड बिस्ट र सह निर्माता बनेर प्रेम पुरीले सन्तोषलाई सघाउँदैछन ।

दिब्यदेवले हालै मात्र हालै मात्र ज्याज प्रोडक्सनसले बनाएको नेपालको लोकप्रिय आयुर्वेदिक हेयर आयल श्रीकेशको यो विज्ञापनमा आफ्नो सुमधुर आवाज भरेका छन । हेर्नुहोस भिडियो