
काठमाण्डौँ । पत्याउन त मुस्किल नै छ तर नपत्याएर पनि के गर्ने । किन यि निर्माता किरण नेपाली र निर्देशक सिमोस सुनुवार दुवैले एकै मुख गरेपछि हामीले पनि न्यूज लेख्ने विचार गरिहाल्यौ ।
त्यसैले डिस्क्लेमरका रुपमा तपाईहरुले यो खबरमाथि जस्तो पनि समीक्षा गर्न पाउँनु हुन्छ । पत्याउनु हुन्छ भने पनि ठिकै छ नपत्याउने हो भने पनि केही छैन ७० लाख पाश्रिमिकको ट्याक्स नेपाल सरकारलाई कति भरिएको छ त्यसको प्रमाण खोजेर अर्को समाचारमा हामी प्रस्तुत गर्नेनै छौँ । तर अहिलेलाई भने यो खबर पूरा पढ्नु होला ।
न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार निर्देशक सिमोस सुनुवारलाई ७० लाख पारिश्रमिक दिएर आजबाट हात्तीछाप नामक फिल्मको सुटिङ सुरु गरिएको छ । सिमोस पछिल्लो समय नेपाली टेलिभिजनहरुका ठूला ठूला रियालिटी सोका निर्देशक , एनिमेटर तथा केही फिचर फिल्म समेत बनाइसकेका ब्यक्ति हुन जसले हाल सम्म बनाएका विविध फिल्म मध्ये झयानकुटी सवै भन्दा चर्चित फिल्म हो ।
टेक्निकल्ली अत्यन्त क्षमतावान सिमोस आउँदो श्रावण ८ गते देखि हिमालय टेलिभिजनबाट प्रसारणमा आउँदै गरेको एडभेन्चर रियालिटी सो रोडिज सिजन फाईभका निर्देशक पनि हुन ।
‘कथा बबाल छ छ त्यसैले यो प्रोजेक्टका लागि निर्देशकमा सिमोस जि बाहेक अरु हुने सम्भावना नै भएन त्यसैले उहाँको बजेटमा मैले ओके गरेको हुँ । सिमोसको पारिश्रमिकको बिषयमा निर्माता नेपालीको तर्क छ । यसैगरी सिमोसले यो एउटा फिल्मका लागि अन्य धेरै प्रोजेक्ट तिलान्जली दिनुपर्ने भएका कारण आफ्नो डिमान्ड अनुसार प्रोड्यूसर रेडि भएपछि आफूले हात्तीछाप निर्देशनको जिम्मेवारी सुरु गरेको बताएका छन ।
यस फिल्ममा निर्देशक पश्चात दयाहाङ राई र सौगात मल्लको रेट बराबरी तोकिएको छ भने तेश्रोमा हाई बजेट स्किृप्ट राईटर प्रदीप भारद्धाजलाई तिरिएको छ ।
चौथोमा भने हिरोईन बेनिषा र उपसना र पाँचौ हाईबजेट सिनेमाटोग्राफर सुसन प्रजापतिलाई तिरिएको छ । उनीहरुलाई तिरिएको पारिश्रमिक के कति हो त्यो भने निर्माता नेपालीले खोल्न मानेनन ।
एक महिनाको सेड्यूलमा सुटिङ सक्ने लक्ष्य राखिएको यो फिल्ममा दयाहाङ राई ,सौगात मल्ल, बेनिशा हमाल, उपसना सिंह ठकुरी सहित वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, सुश्मा निरौला, रियर राई लगायतका ब्यस्त रहने प्राय सवै चल्तीका कलाकारको अभिनय रहनेछ । अर्थात टिम जम्बो मात्रै हैन महाजम्बो देखिएको छ ।
काठमाण्डौँको नरेफाटको एक ग्यारेजमा बिहान पूजा आजा गर्दै सिन नम्बर ३६ बाट यूनिटले सुटिङको सुरु सुरुवात गरेको हो । फिल्ममा दयाहाङसँग पहिलो पटक बेनिषा हमालले स्क्रिन शेयर गर्दैछिन तर उनको जोडी सौगात मल्ल हुन वा अरु कोही पात्र हुनेछन त्यो भने रहस्यको गर्भमै राखिएको छ ।