काठमाण्डौं । आज बिहान देखि दुई वटा फेसबुक पेजमा आफ्नो बारेमा अनेकन खबर पोष्ट भएपछि तनावमा रहेकी अभिनेत्री आँचल शर्माले ती फेसबुक पेज विरुद्ध साईबर सेलमा उजुरी दिएकी छिन ।
शनिबार बेलुका ८ बजे श्रीमान उदीप श्रेष्ठको साथ टेकु पुगेर उनले ‘एन ईबी रिजल्ट एण्ड अपडेट’ ( NEB Result & Update) र ‘रुटिन अफ रन्डी रोना’(Routine Of Randi Rona ‘ ) नाम गरेका दुई पेजविरुद्ध साईबरमा मानहानीको मुद्धा दर्ता गराएकी हुन । यि दुई पेजले एक हालसालै आँचल शर्मा दवाडीले दिएको अन्र्तवार्तामा अभिनेता दयाहाङ राई लाई राम्रो कलाकार ठान्ने दर्शक मूर्ख र अनपढ हुन । उनलाई गाउँले र गवारको रोल बाहेक अरु केही गर्न आउँदैन भनेर बोलेको भनी पोष्ट गरेका थिए । ।
‘मैले दया दाईको कहि कतै यस्तो केही कुरा बोलेको छैन तर यि दुई पेजले विना आधार मानसिक तनाव हुने गरी विविध कुरा लेखेपछि उजुरी दिन बाध्य भएकी हुँ ।’ उजुरी दिए लगत्तै आँचलले न्यूज फिल्मीसँगको कुराकानीमा भनेकी छिन ।

आँचलले दिएको उजुरीमा भनिएको छ ‘माथि उल्लेखित अश्वाभाविक फेसबुक पेज नाम राखी संचालनमा रहेको सामाजिक संजाल फेसबुक पेजमा मेरो अनुमति विना मेरो फोटो सहित मेरो चरिचत्र मा आँच आउने समाचार लेखिपोष्ट गर्ने ब्यक्ति एकिन पहिचान गरी कानुन बमोजिम हदै सम्मको कारवाही गरिपाउँ ।’
यसैगरी आँचलका बारेमा ती फेसबुक पेजले लेखेको प्रसंगहरु भाईरल भएपछि अभिनेता दयाहाङ राईले समेत केही बेर अघि एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् । भन्दै आँचललाई समर्थन गर्दै स्टेटस राखेका छन ।
फेसबुकमा दयाले लेखेका छन । ‘ अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।
त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।’

News Filmy Newsportal / Nepal