यट्यूबमा ऐंचो पैंचो र गणपतिको हरिविजोग

काठमाण्डौं ।  आगामी भदौं १४ गते देखि एक साथ प्रर्दशनमा आउँन लागेका दुई नेपाली फिल्म ऐंचो पैंचो र गणपतिको एक एक वटा प्रोमोश्नल कन्टेन शुक्रबार साँझ रिलिज भए ।

करिब २ घण्टाको अन्तरमा रिलिज भएका यि दुवै फिल्मका कन्टेन्टको युट्यूब भ्यूज हेर्दा हरिबिजोग देखिएको छ ।

यि दुवै कन्टेन्ट झण्डै ६६ लाख सब्सक्राईबर रहेको ओएस आर मुभिजको युट्यूब च्यानल मार्फत रिलिज भएका छन । यो समाचार तयार पारुन्जेल सम्म ऐंचो पैंचोको टिजरलाई २२ घण्टामा १ लाख १९ हजार भ्यूज प्राप्त भएको देखिन्छ भने रिलिजको २० घण्टामा गणपतिको गीतमा जम्मा १५ हजार भ्यूज देखिएको छ ।