गणपतिको गीत रिलिज : एकै दिन मुकुनका दुई फिल्म

काठमाण्डौँ । आगामी भदौं १४ गते बाट प्रर्दशन गर्ने उद्धेश्य राखिएको फिल्म गणपतिको गीत रिलिज भएको छ ।

कविराज गहतराजको नृत्य निर्देशनमा निर्मित गीतले मदिरा र त्यस वरपरको सेरोफेरोमा रमाउने कथालाई देखाएको छ । अनिश अधिकारीको कम्पोजमा रचिएका लिरिक्स ठाउँ ठाउँमा क्याच्ची र उखान टुक्का टाईपका छन । तसर्थ यसका बीचका पन्च लाईन मार्केटमा भाइरल हुन सक्छन । गायनमा निशान भट्टराई, रचना रिमाल र अनिश अधिकारीको स्वर छ ।

अभिनेता मुकुन भुषाल सहित अभिनेत्री बर्षा शिवाकोटी फिचरर्ड यो गीतको अडियो जसरी तयार गरियो भिडियो र कोरियोग्राफीको सेटिङमा कन्सेप्टको अभाव भने झल्किन्छ ।

झण्डै तीन बर्ष देखि फिल्मका कुनै पनि कार्यक्रममा सहभागी नभएकी बर्षा यो गीतको सार्वजनिकिकरण कार्यक्रममा उपस्थित हुँदा निकै मख्ख थिईन । ‘म त तीन बर्षदेखि फिल्मको कार्यक्रममा देखिएको थिएन आज सवैलाई भेट्दा खुशी लाग्यो ।’  गीत सार्वजनिक कार्यक्रममा उनले बताएकी छिन ।

मुकुन भुषालले गणपति सँगै रिलिज हुन लागेको आफ्नो अर्को फिल्म ऐंचो पैंचो सँग जुध्नुको चुनौतिबारे मिडिया फेस गर्नु पर्यो । कुन फिल्मलाई अब प्रायोरिटी दिने भन्ने प्रश्नमा उनी एक छिन अक्क न बक्क समेत भए र भने ‘म त दर्शकलाई छोडिदिन्छु जुन रोज्नु हुन्छ हुन्छ ।’

सुरुवाती दिनमा अ विग म्यान फिल्मसले लगानी गरेको यो फिल्मको सर्वाधिकार राम प्रसाद रिजालको कम्पनी रिजाल एण्ड रिजालले खरिद गरेर सार्वजनिक प्रर्दशनमा ल्याउन लागेको हो । हेर्नुस गीत