Breaking News : अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या

अनुप भट्टराई
काठमाण्डौँ । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन ।

भर्खरै प्राप्त खबर अनुसार रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन ।

हाल छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेता समेत रहेका सारुकले बिहिबार बिहान सम्म सुटिङ सेटमा अभिनय गरेका थिए तर अचानक बेलुका यस्तो खबर आएपछि फिल्म यूनिट यतिखेर सारुकको घर पुगेको छ ।

‘हो अनुप जी हामीले भखैरै यस्तो खबर पायौ अहिले घर जादैछौ हामी ।’  फिल्मकी प्रोड्यूसर शर्मिला थापाले जानकारी दिएकी छिन । यसैगरी प्रोडक्सन म्यानेजर दिलिप पन्तका अनुसार बिहान सम्म राम्रो मुडमा रहेका सारुकले यस्तो निर्णय गरेको खबर सुन्दा आफू स्तब्ध रहेको बताएका छन ।

सारुकले ईन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी , नमरि बाचे र हाल ४५ प्रतिशत मात्र छायाकंन सकिएको फिल्म ह्यासट्याग मायामा खेलिरहेका थिए ।