समयमै सुटिङ हुन नसकेपछि प्रदीप खड्काको अपकमिङ फिल्म कामिनोबाट राजबल्लभ कोइराला पनि बाहिरिएका छन ।
हिरोइन नीति शाह समेत बाहिरिसकेको यो प्रोजेक्टमा अब नयाँ हिरोइन र राजबल्लभको ठाउँमा नोटिस्ड हुने खालको कलाकार भित्राउने तयारी भईरहेको बताईएको छ ।
प्राप्त जानकारी अनुसार राजबल्लभले फिल्मका लागि लिएको एडभान्स रकम समेत फिर्ता गरिसकेका छन । दीपक ओलीको निर्देशनमा बन्न लागेको कामिनोको सुटिङ मेक्सिकोमा हुने सेड्यूल थियो तर मेक्सिकोको गर्भमेन्टको अनेक नियमलाई मान्नु पर्ने सर्त तथा टिम भित्रको विविध अवरोधका कारण कामिनो समयमै फलोरमा जानबाट रोकिएको हो ।
हाल सम्म ७० लाख जति खर्च गरिसकेको यूनिटले यो प्रोजेक्टलाई अब कुन मोडलमा सुटिङ गर्ने हो भन्ने कुराका अन्यौलता चिर्न सकेको छैन । आफूले दिएको टाईमफ्रेममा प्रोजक्ट रन हुन नसकेपछि प्रदीपले समेत दिनेश राउतको नयाँ फिल्म लागि समय दिनुपर्ने भन्दै कामिनो बाट हात झिक्ने सम्भावना प्रवल रहेको श्रोत बताउछ । श्रोत भन्छ यदि यो हप्ता कामिनोको टिममा कुनै चमत्कार भएन भने प्रदीप आफैले कामिनो छाडेको अफिशियल घोषणा गर्न सक्छन ।
यसैगरी उता दिनेश राउतले गर्न लागेको प्रदीपको नयाँ प्रोजेक्ट सर्भाईभल स्टोरीमा आधारित छ जहाँ पल शाह र आर्यन सिग्देलका साथमा प्रदीपको दमदार रोल छ जुन रोलका लागि प्रदीपले दिनेशको फिल्म गुमाउन खोजिरहेका छैनन तर यता पनि बाधा बनेर सन्तोष सेनको प्रोजेक्ट आउला जस्तो देखिएको छ ।
किन कि सन्तोष सेनले यतिखेरै प्रेम गीत ४ को टिजर खिचेर प्रोजेक्ट अघि बढाउने तयारी सुरु गरिसकेको कारण प्रदीपलाई सेनको फिल्म गर्नुनै पर्ने दबाब बढ्यो भने प्रदीपले दिनेश राउतको फिल्म समेत छाड्नु पर्ने अवस्था आउँदैछ ।