काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा बनेको फिल्म बगानको टिजर सार्वजनिक भएको छ ।
असार २९ देखि रिलिज हुने यस फिल्मको कथालाई करिश्मा मानन्धरले लिड गरेकी छिन । एकल महिलाको कथालाई परिस्कृत गरिएको फिल्ममा नीर शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की , बसुन्धरा भुषाल, मिथिला शर्मा सहित सरोज खनाललाई समेत देख्न सकिन्छ । टिजरमा सुनिने भ्वाईस ओभर चाँहि गौरी मल्लको राखिएको छ ।
नेपाली फिल्म उद्योगमा फयामेली ड्रामा फिल्महरुको अभाव भईरहेको अवस्थामा सरोज खनाल जस्ता धुरन्धर अभिनेताले पहिलो पटक निर्देशन प्रयाश गरेको यो फिल्मको टिजर समीक्षा गर्दा उनले राम्रो फिल्म बनाउँन खोजेको भान हुन्छ । हेर्नुहोस टिजर
News Filmy Newsportal / Nepal