काठमाडौं। आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।
निर्देशक उपेन्द्र सुब्बा को निर्देशनमा बनेको ‘जारी २’ लिम्बू समुदायको जीवनशैली, संस्कृति र सम्बन्धमा आधारित कथा हो। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।
निर्देशक टंक बुढाथोकी को फिल्म ‘मन बिनाको धन’ गायक अशोक दर्जी को जीवनयात्राबाट प्रेरित सामाजिक कथावस्तुमा बनेको छ। फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
दुवै फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल (U)’ सर्टिफिकेट प्रदान गरेको छ। निर्माण पक्षले दर्शकबाट सकारात्मक प्रतिक्रिया र सुखद ओपनिङको अपेक्षा व्यक्त गरेको छ।
News Filmy Newsportal / Nepal