काठमाडौं । पटकपटक प्रदर्शन मिति स्थगन भएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले अन्ततः नयाँ रिलिज डेट लक गरेको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै अब यो फिल्म मंसिर १८ गते बाट प्रदर्शनमा आउने घोषणा गरेको छ ।
जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यसअघि पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन हुन सकेको थिएन ।
कलाकारहरूलाई क्यारेक्टर पोस्टर का रूपमा फिचर्ड गरिएको छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लाई देख्न सकिन्छ ।
फिल्मका निर्माता विनोद पौडेल ले सबैको सल्लाह र सुझाव अनुसार मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गरिएको बताए ।
सुशान्त गौतम निर्देशित यो फिल्ममा उल्लेखित कलाकारहरूसँगै अन्यको पनि मुख्य भूमिका रहेको छ । मुकेश खनाल को लेखन रहेको यस फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माताहरूमा विनोद पौडेल र गुञ्जन गिरी छन् । यस फिल्ममा शरद महतो को छायांकन (डीओपी), मनोज श्रेष्ठ को भीएफएक्स र मदन घिमिरे को सम्पादन रहेको छ।
News Filmy Newsportal / Nepal