‘सिनेमा पाठशाला’ को ब्यानरमा ‘कंगाल करोडपति’ निर्माण हुने

 

काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका राजु श्रेष्ठ को यो डेब्यु निर्देशन हो । उनी नै फिल्मको निर्माताको रूपमा पनि छन् । यद्यपि, अर्का निर्माता कैफ खान भने घोषणा कार्यक्रममा अनुपस्थित रहेका थिए ।

फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेर ले लेखेका हुन् । निर्माण टिमका अनुसार एउटा सामान्य मान्छे करोडपति बन्दा र करोडपति कंगाल बन्दाको अवस्थालाई फिल्ममा समेटिनेछ ।

फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् । अन्य कलाकारहरूको खोजी कार्य भइरहेको निर्देशक श्रेष्ठले बताए ।

कार्यकारी निर्माता मनोज केसी रहेको यो फिल्म आगामी फागुन महिना बाट छायांकनमा जाने तयारीमा छ ।

Leave a Reply