फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक

Screenshot

काठमाडौं । भारतको डुवर्स क्षेत्रमा निर्माण भएको नेपाली फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक सङ्घर्षको मार्मिक चित्रण गरिएको छ ।

ट्रेलरमा मुख्य गरी आर्थिक समस्यासँग जुध्ने प्रयास, सामाजिक चुनौतीहरू र सन्तानको सपना पूरा गर्न माता-पिताले गर्ने अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गहन कथावस्तुका बाबजुद दर्शकलाई केही क्षणको राहत दिन हास्य रस पनि समावेश गरिएको छ ।

उदिप राणा थापा निर्देशित यो फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र भावनात्मक ‘धागो’ लाई केन्द्रमा राखेर बुनिएको छ ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ भने उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन् ।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस फिल्मको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् ।

फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ । नेपालमा यसको वितरण आरआर फिल्म्स ले गर्नेछ ।

Leave a Reply