भारतका ५० भन्दा बढी हलमा पुग्दै ‘होस्टेल ३’

काठमाडौं ।  नेपालमा ५१ दिनसम्म लगातार प्रदर्शन भइसकेको नेपाली फिल्म ‘होस्टेल ३’ अब भारतका हलमा पुग्न लागेको छ। सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ रिलिज हुनेछ।

गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गर्ने फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषको अभिनय छ। क्याम्पस जीवनका प्रेम, मित्रता र संघर्षलाई मुख्य विषय बनाइएको फिल्म नेपालमा असाधारण सफल भएको हो।