यो मन त मेरो नेपाली हो को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाण्डौँ ।  भुटानी शरणार्थीहरुले भोग्नु परेको कथा र व्यथालाई मार्मिक ढंगमा प्रस्तुत गर्दै यो मन त मेरो नेपाली हो को टिजर सार्वजनिक गरिएको छ ।

आगामी असार २७ गते बाट प्रर्दशनमा आउँन लागेको यस फिल्ममा विजय बराल, वील्सन विक्रम राई, रोशन श्रेष्ठ बुद्धि तामाङ (हैट), आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन , सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

फिल्मलाई अमेरीकामा बस्दै आएका साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेका हुन जसमा शिवम अधिकारीको स्क्रिनप्ले डाईलग रहेको छ । टिजर हेर्दा यो फिल्मले मानवता के हो र राष्ट्रियता कस्तो हुनुपर्छ भन्ने कुरालाई गम्भिर रुपमा प्रस्तुत गरेको देखिन्छ । फिल्मको छायांकन झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा गरिएको हो  ।

मुख्यत यसको भिजुअल मेकिङमा गरिएको मिहिनेत प्रसंसनीय छ । सौरभ लामाको सिनेमाटोग्राफीमा रेनिश फागोको कलर करेक्सन तथा बनिष शाहको सम्पादन र डिजे एलेक्सको व्याकग्राउन्ड स्कोरले टिजर राम्रो बनेर निस्कएको छ । हेर्नुस टिजर