जनै हराएको मान्छेको मर्मस्पर्शी गीत तर किन भईराछैन हिट ?

काठमाण्डौँ । पूर्णबहादुरको सारंगीमा दर्शक रुवाउन सफल भएका अभिनेता विजय बरालको नयाँ फिल्म जनै हराएको मान्छेको मर्मस्पर्शी गीत रिलिज भएको छ ।

बुधबार रिलिज भएको उक्त गीत यति मर्मस्पर्शी छ कि के भनौ सायद भोलि फिल्म हेरिरहदा यो गीतले दर्शकको आँखामा अझै आँसु नझार्ला भन्न सकिन्न । आमासँग छोराछोरीको एटेचमेन्ट के -कस्तो हुन्छ भनेर तयार भएको यो मर्मस्पर्शी गीतलाई संगीतकार अर्जुन पोखरेलले तयार गरेका हुन । गीतमा प्रयोग भएका पावरफूल शब्द, संगीत र मेल भोकल संगीतकार पोखरेलकै हो । चलिआएका गीतहरु भन्दा भिन्न तरिकाले बनाईएको यो गीतका शब्दहरुलाई डाइलग पनि बनाईएको छ ।

महिला गायनमा मनिषा सुनारको पावरफूल भ्वाईस छ । संगीतकार पोखरेलको आवाजको तुलनामा मनिषाको भ्वाईसले अझै न्याय गरेको सुनिन्छ । उनको भ्वाईसले एक समयकी लोकप्रिय पाश्र्व गायिका रजिना रिमालको टोनलाई टपक्कै टिपेको महसुश हुन्छ ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको जनै हराएको मान्छे भदौँ ६ देखि प्रर्दशन हुनेछ । यस फिल्ममा थुप्रै कलाकारहरु छन तर सार्वजनिक गीतमा भने मिरुना मगर , केकी अधिकारी, विजय बराल, शुशांक मैनाली, कविता आले लगायतलाई मात्र देख्न सकिन्छ । रिलिजको २३ घण्टामा यो मर्मस्पर्शी गीतको भ्यूज भने केही कमजोर छ । २३ घण्टाको अवधिमा जम्मा ४१ हजार भ्यूज आउँनु चाँहि दुखद  हो । किन कि यो गीत राम्रो छ , भ्यूज बढ्न अवश्य जरुरी छ । हेर्नुस गीत