काठमाण्डौँ । आउँदो बैशाख २६ गते देखि प्रर्दशनमा आउँने फिल्म जारको ट्रेलर राम्रो निस्किएको छ ।
ट्रेलर हेर्दा यस फिल्मका मेकरले साहित्यकार ईन्द्र बहादुर राईको कृति माथि न्याय गर्न खोजेको संकेत देखिन्छ । दार्जेलिङका नेपाली भाषी साहित्यकार राईको अमर कृति जार माथि यो फिल्म बनाईएको हो जसमा सौगात मल्ल, अनुप बिक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन । तीन पात्रको सेरोफेरोमा फिल्मको कथा घुमेको छ जहाँ अनुप विक्रम र गीताञ्जली श्रीमान श्रीमतीको भूमिकामा र सौगात मल्ल जारको भूमिकामा छन ।
जार भनेको नेपाली समाजमा प्रचलित एक सामाजिक–सांस्कृतिक शब्द हो, जसको अर्थ हुन्छ “कसैको श्रीमतीरपति भएको व्यक्तिसँग विवाहित सम्बन्धबाहेक प्रेम वा यौनसम्बन्ध राख्ने व्यक्ति। ” अझ प्रष्ट भन्नू पर्दा यदि एक विवाहित महिलाले पर पुरुषसँग सम्बन्ध राखेकी छिन् भने त्यो पुरुषलाई “जार” भनिन्छ। यो शब्द प्रायः नकारात्मक सन्दर्भमा प्रयोग हुन्छ, जसले सामाजिक रूपले स्वीकार्य नभएको सम्बन्धलाई जनाउँछ।
फूर्वाछिरिङ लामाको निर्देशनमा बनेको जारको छायाँकन भारतको सिक्किममा भएको हो । फिल्मको ट्रेलरमा देखिएका कलाकारहरुको लुक्स, अभिनय , छायाँकन र साउन्ड सहित ट्रेलरमा देखिएको थ्रिल पक्ष पनि राम्रो देखिएको छ जसले ट्रेलर हेर्दा दशर्कको ध्यान पूर्ण रुपमा खिच्ने सामथ्र्य बोकेको छ । हेर्नुस ट्रेलर