मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा

काठमाडौं ।  स्पार्कल इन्टरटेन्मेन्टले “मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा गरेको छ। संस्थाकी सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा हुँदै आएको यो  कार्यक्रमले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्धेश्य राखेको छ । 

यसपटकको प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले भाग लिन सक्नेछन्। सहभागीहरुका लागि तीन समूहमा विभाजन गरेर कार्यक्रम हुनेछ ।

  • Group A: ५–८ वर्ष

  • Group B: ९–१२ वर्ष

  • Group C: १३–१५ वर्ष

सामान्यतया सहभागिता शुल्क १० हजार रुपैयाँ राखिएको छ, तर चैत २९ गतेअघि आवेदन दिने सहभागीहरूका लागि पाँच हजार छुट दिईदैछ ।  ईच्छुकले  १५ हजारको सट्टा १० हजारमै  सहभागिता जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन हरेक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन हुनेछ। फाइनल इभेन्ट जेठ ३ गते हुने तय गरिएको छ।

प्रतियोगितामा निम्न आकर्षक गतिविधिहरू रहनेछन्:

  • प्रतिभा प्रस्तुति (Talent Show)

  • सौन्दर्य प्रदर्शन (Beauty Show)

  • तीन चरणको फोटो सुट

  • १५–१९ सेकेन्डको भिडियो प्रस्तुति

  • आयोजकद्वारा प्रदान गरिने आकर्षक टि–शर्ट

कार्यक्रमको कोरियोग्राफी रोजिन  शाक्यद्वारा गरिनेछ भने निर्णायक मण्डलमा वरिष्ठ कलाकार तथा पत्रकारहरूको उपस्थिति रहनेछ, जसले निष्पक्ष र गुणस्तरीय मूल्यांकन गर्ने सुनिश्चितता दिनेछ। हालसम्म ४० मध्ये २० जना प्रतिस्पर्धी चयन भइसकेका छन् भने बाँकी स्थानका लागि आवेदन खुला गरिएको छ।

प्रतियोगिता विभिन्न संस्थाको सहकार्यमा सम्पन्न हुनेछ —

  • को-स्पोन्सर: काठमाडौं वर्ल्ड स्कूल

  • मेकअप पार्टनर: मुरार्की एकेडेमी

  • डिस्प्ले पार्टनर: गोथे इन्क

  • फेसन एजुकेसन पार्टनर: सेन्टर फेसन एजुकेसन

  • भोटिङ पार्टनर: खल्ती

  • वेलनेस केयर पार्टनर: ब्लिस्फुल वेलनेस

  • ज्वेलरी पार्टनर: द क्रीसङ कलेक्सन