काठमाण्डौँ । नेपाली फिल्म क्षेत्रका लागि बर्ष २०८२ निकै रोचक र प्रतिष्पर्धात्मक हुने भएको छ । नयाँ बर्ष सुरु हुन नपाउँदै बर्ष २०८२ को कार्तिक महिनाका लागि निर्माताहरुले धमाधम प्रर्दशन मिति घोषणा गर्न थालेका छन । अन्य समयमा उपयुक्त विदा नपाइने डरले निर्माताहरूले फिल्मको रिलिज डेट बुक गर्न थालेका हुन ।
यहि सन्दर्भमा हाल जुम्लामा छायाँकनको अन्तिम चरणमा रहेको फिल्म कल्लीका निर्माता किरण नेपालीले कार्तिक २१ मा आफ्नो फिल्म प्रर्दशन हुने आधिकारिक घोषणा गरेका छन । फिल्मकी मुख्य अभिनेत्री बेनिषा हमालको पोष्टर सार्वजनिक गर्दै नेपालीले कल्ली तिहारमा सकिएको अर्को हप्ता प्रर्दशनमा आउँने गरी फिल्मको रिलिज मिति घोषणा गरेका हुन ।

बेनिषा सहित सौगात मल्ल अर्पण थापा नाजिर हुसेन बर्षा राउत जस्ता लोकप्रिय कलाकार प्रमुख भूमिकामा रहेका फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन जसको राजधानीको प्रर्दशन व्यवस्थापन काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले गर्नेछ ।
त्यसैगरी, कार्तिक महिनामा अर्को फिल्म जेरी अन टप रिलिज हुने संकेत निर्माता सरोज न्यौपानेले दिएका छन्। उनले फेसबुकमा तीनवटा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “तिहारमा भेटौँ है।” Jerry on Top ।

जेरी अन टप बर्ष २०८२ को अर्को सर्वाधिक प्रतिक्षित फिल्म हो जसमा अनमोल केसी र केदार घिमिरे (माग्ने बुढा) ले पहिलो पटक स्क्रिन शेयर गरेका छन । फिल्ममा आँचल शर्मा र जसिता गुरुङ अर्को लिड फिमेलमा छन । यि दुईले पनि पहिलो पटक स्क्रिन शेयर गरेका हुन । आँचल र अनमोलको पनि यो पहिलो एक साथ प्रोजेक्ट हो । फिल्मलाई प्राविधिक रुपमा अत्यन्त दक्ष निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन । तर निर्माताले तिहारमा भेटौ है भनेर लेखेपनि मिति भने सार्वजनिक गरेका छैनन ।
यसैगरी कार्तिक ३ गते पर्न गएको लक्ष्मी पूजाको डेटमा बरिष्ठ बलराम लाग्ने कुरा उहिले देखिको हो । हिजो मात्र सुटिङस किएको उक्त फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन । दयाहाङ राई र विजय बराल लिड रोलमा रहेको यस फिल्मका साथ जेरी अन टप प्रर्दशनमा आयो भने तिहारको लक्ष्मी पूजाको डेट अत्यन्त प्रतिष्पर्धात्मक देखिने छ ।
News Filmy Newsportal / Nepal