काठमाडौं – नेपाली फिल्म उद्योगमा नयाँ नयाँ जोडीहरू देखिनु नौलो होइन। कहिले काहिँ एकदम अप्रत्याशित रूपमा जोडी बाँधिने कलाकारहरूले दर्शकको मन जित्छन् भने कहिलेकाहीं पुरानै जोडीलार्ई दर्शकले सधैं रूचाइरहन्छन्। तर, यसपटकको जोडी अलि फरक छ। फिल्म जनै हराएको बाहुन मा अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालले पहिलो पटक जोडी बाँध्ने भएका छन्।
न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार जनै हराएको बाहुन टिमले गत आईतबार अभिनेत्री मिरुनासँग औपचारिक सम्झौता गरेको हो । फिल्मको मुख्य भूमिकामा विजय बराल पहिल्यै फाइनल भइसकेका थिए। अब फिल्ममा मिरुनाको इन्ट्रीसँगै अन्य दुई अभिनेत्रीको पनि प्रवेश हुने तयारी छ । मल्टीस्टारर बनाउने योजना सहित निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग छलफल गरिरहेको छ।

मिरुना र विजयको जोडी पहिलो पटक देखिन लागेको भए पनि यी दुवै कलाकारले यसअघि कबड्डी ४ र जारी जस्ता सफल फिल्ममा सहकार्य गरिसकेका छन्। कबड्डी ४ मा मिरुना दयाहाङ राईको जोडी थिइन् भने विजय दयाहाङकै साथीको भूमिकामा थिए। त्यसपछि उनीहरू जारी मा पनि सँगै देखिए। तर, उक्त फिल्ममा पनि मिरुना मुख्य अभिनेत्रीका रुपमा र विजय सहायक भूमिकामा थिए।
तर, पूर्णबहादुर को सारंगीको अभूतपूर्व सफलताले विजयलाई एक अलग उचाइमा पुयाईएदिएपछि सिनारियो चेन्ज भयो । दर्शकले उनको अभिनय क्षमतालाई नयाँ ढंगले हेर्न पुगे र फिल्ममेकरले पनि विजयको लोकप्रियतालाई क्याश गर्न लिड रोलमा अफर गर्न थाले । फलस्वरुप दयाहाङको हिट जोडीसँग विजयले जनै हराएको बाहुन मा जोडी बाध्ने अवसर पाएका हुन ।
यस फिल्ममा विजय र मिरुनाका अलावा गौरव पहारी र रेयर राई पनि फाइनल भईसकेका छन । फिल्मको निर्देशन हिमाल न्यौपानेले गर्दैछन् भने प्रेम गीत ३ का चर्चित अभिनेता मनिष राउत फिल्मको एसोसिएट निर्देशकको भूमिकामा रहनेछन्।
विजय बराल अहिले निर्देशक सुरेन्द्र पौडेलको फिल्म बरिष्ठ बलराम को छायांकनका लागि चितवनमा छन् भने मिरुना अनिल योञ्जनको निर्देशनमा बनिरहेको कुस्ती को सेटमा व्यस्त छिन्। तसर्थ विजयले बरिष्ठ बलराम र मिरुनाले कुस्ती सहित अशोक शर्माको फिल्म डबल ट्रिपलको छायाँकन सकेर जनै हराएको बाहुनको सेट जोइन गर्नेछन । फिल्म आगामी हरितालिका तीज भदौ १० गते देखि प्रदर्शनमा आउँने छ ।