होस्टेलको गीत हेर्दा सवै छ ठीक : जेनेरेशन जेडले कब्जा हान्ने संकेत देखायो

अनुप भट्टराई

काठमाण्डौँ । धेरै स्टारहरु जन्माएको ब्रान्ड होस्टेलको तेश्रो श्रृङखलाको रमाईलो गीत टिक टिक टिक सार्वजनिक भएको छ ।

प्रविण सिहंको रोचक कोरियोग्राफीमा तयार गीतमा युवा पुस्ताले होस्टेल लाईफमा विताउने पललाई रमाईलो शैलीमा देखाईएको छ । अल्मोडा राना उप्रेतीको शब्द संगीत तथा स्वरमा तयार गीतले युवा दर्शकको  ध्यान खिच्न सक्ने सामथ्र्य देखाउछ  ।

शायद, त्यहि भएर पनि होला यो गीत सार्वजनिक भएको दुई घन्टामै युट्यूब ट्रेन्डिङमा उक्लिएर उकालो लागेको लाग्यै छ । युट्युबमा पनि यो गीतलाई मनपराउँने दर्शक ज्यादा देखिएका छन । गीतले फिल्मको कलर के छ मुड के छ फिल्मले कस्तो कथा पस्किदैछ भनेर पूरा बोलिदिएको छ ।

लामो समय भएको थियो युवा अडियन्सलाई टार्गेट गरेर फिल्म ननिकालिएको त्यसैले पनि हुन सक्छ जेनेरेशन जेड (Generation- Z -1997–2012) को यो अन्तिम पुस्ताले खेलेको फिल्ममा केही रमाईलो तत्व पक्कै छ जसले यो जेनेरेशनका भोगाईहरु फिल्म मार्फत भन्दैछ ।

सन २०२५ लागे सँगै विश्वमा जेनेरेशन विटा को युग सुरु भएको छ । यो भन्दा अघिल्लो २०१३ देखि २०२५ सम्मको अल्फा पुस्ता थियो जुन अबको केही बर्षपछि फिल्म नगरीमा प्रवेश गर्ने तयारीमा छ । होस्टेल -३ मा देखिएका कलाकार चाँहि जेनेरेशन जेड पुस्ता ( Generation- Z -1997–2012)  का हुन जो उमेरले २८ बर्ष भित्र पर्दछन ।


फिल्मको शीर्षक र कथाको मर्म अनुसार गीत र भिडियो तयार भएका देख्दा हामीलाई यो फिल्म निर्माण गर्ने मेकर प्रति सम्मान जागेको छ । उनीहरुले होस्टेल कथाको मर्म नमर्ने गरी गीत बनाएको प्रस्टिन्छ ।

अडियो बजारमा कुन रुपमा हिट होला यसै भन्न सकिन्न तर सार्वजनिक गीत हेर्दा यो फिल्मले आउँदो फाल्गुन २३ गते देखि सिनेमा हलमा युवा दर्शकको घुइँचो लगाउन सक्ने सम्भावना चाँहि राम्रो देखाएको हाम्रो प्रारम्भिक अनुमान छ । ।

किन कि गीतले भनेझै टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक भनेझै यो गीत सवै छ ठीक भन्ने हामीलाई लागेको छ ।

शासन कडेलको डेब्यू निर्देशनमा बनेको यो फिल्मबाट आशिष घिमिरे, (लोकप्रिय हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढाको छोरा ) पारस बम (कुलब्वाई), रिहान गिरि, पदम तामाङ, सँगै  सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीले एक साथ फिल्म डेब्यू गर्दैछन । गीतमा उनीहरुलाई सरोबरी देखाईएको छ । हेर्नुस यस्तो बनेको छ गीत