काठमाण्डौँ । छ महिनाको अन्तरालमा अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘कार्साङ’ दर्शकमाँझ आएको छ ।
साँस्कृतिक सुपरस्टार दयाहाङको यो फिल्मले पनि त्यस्तै साँस्कृतिक मुद्धा उठाएको छ, जसले तपाईको दिमाग हल्लाउन सक्छ ।
शेर्पा समुदाय बाहेकका दर्शकका लागि कार्साङमा उठाईएको कथा गज्जव छ । यदि तपाई त्यो समुदाय बाहिरबाट प्रतिनिधित्व गर्नुहुन्छ भने तपाईलाई फिल्म हेर्दै जादा अन्त्य तिर यस्तो पनि हुन्छ र भन्ने लाग्न सक्छ ।
शेर्पा समुदायका लागि भने यो एउटा दस्तावेज बनेर निस्किएको छ । यसलाई हरेक शेर्पा समुदाय भित्र देखाईयो भने एउटा ठूलो परिवर्तन शेर्पा समुदायले पाउँने छ । गत बुधबार यो फिल्मको प्रिमियर शो आयोजना गरिएको थियो जहाँ फिल्मको कथालाई लिएर धेरै पाहुनाहरुले असोचनिय कथा भनेर प्रतिक्रिया दिएका थिए ।

दयाहाङ सँगै फिल्ममा दिया मास्के र जीतु नेपालको रोचक जोडी देख्न सकिन्छ । दयाको जोडी बनेर भ्लगर समेत रहेकी पूर्व सञ्चारकर्मी तथा मोडल सृजना निङलेखुले अभिनेत्रीका रुपमा सुखद डेब्यू गरेकी छिन । उनको काम नयाँ कलाकारहरुको जस्तो देखिन्न । उनले पहिलो फिल्ममै तारिफ योग्य प्रस्तुती दिएकी छिन । फिल्मलाई नयाँ निर्देशक यम शेर्पाले निर्देशन गरेका हुन ।
निर्देशक यमको पहिलो काम तारिफ योग्य छ । तर अर्को फिल्म निर्माण गर्दा स्क्रिनप्ले पक्षमा अझै मिहिनेत गरेमा उनी निकै सफल निर्देशक बन्न सक्छन ।
News Filmy Newsportal / Nepal