सेभेन सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज राईट , कहाँ कहाँ रिलिज हुँदैछ ?

काठमाण्डौँ ।  गीति कथामा सुपरहिट म्यूजिक भिडियो बनाएर फरक पहिचान बनाएका निर्देशक नविन चौहानको डेब्यू फिल्म ऊनको स्वीटरको ओभरिसज राईट महंगो रकममा विक्रि भएको छ ।

आगामी बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँन लागेको यो फिल्मको ठूला देशका ओभरसिज राईट प्याट्रिक सुवेदी र रमेश ढकालले नेतृत्व गरेको कम्पनी सेभेन सिज ईन्टरन्याश्नलले खरिद गरेको हो । खरिद गरिएको रकम भने खोलिएको छैन तर वितरक प्याट्रिक सुवेदीले भनेका छन ‘यो फिल्मको ओभरसिज राईट अन्य चर्चामा रहेका ठूला फिल्महरुको रेटको हाराहारीमा किनेका छौँ ।’ 

फिल्ममा विपिन कार्की र मिरुना मगर लिड रोलमा छन । यो फिल्मका दुई गीत मध्ये शीर्ष गीत बल्कबष्टर भईसकेको छ भने गत पौष ११ गते सार्वजनिक भएको अर्को गीत मखमलीले १४ दिनमा ३७ लाख भ्यूज पाउँदै लोकप्रियता कमाईरहेको छ । ‘सेभेन सिज इन्टरनेशनल अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागि ऊनको स्वीटरको प्रर्दशन अधिकार खरिद गरेको जनाएको छ ।

यसैगरी सेभन सिजले किनेका देश बाहेक दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ’आई र यू इन्टरटेनमेन्ट’ले उनको स्वीटरको ओभरसिज राईट खरिद गरेका छन् । युके बाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानका लागि ‘सेवा एलएल कम्पनी’ले यसको राईट खरिद गरेका छन ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर फिचर फिल्म हो जसमा हर्क साउदका शब्द रचनामा सुजन चापागाईले मिठा मिठा गीत तयार गरेका छन । निर्देशक चौहानले दिएको जानकारी अनुसार नेपालको रिलिज मितिसँगै ओभरसिजमा पनि एक साथ ऊको स्वीटर प्रर्दशन हुनेछ ।