एक्टरको नयाँ गीत रिलिज

काठमाण्डौँ । आगामी माघ १६ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म एक्टरको नयाँ गीत रिलिज भएको छ ।

यस अघि सार्वजनिक भएको पहिलो गीत फिल्मको रिलिज मिति पोष्टपोण्डसँगै सेलाएपछि यूनिटले आज नयाँ गीत निकालेको हो ।

उर्मिला गुरुङको शब्द रचनामा ईन्दिरा जोशीका साथमा हर्कुलश बस्नेतको संगीत तथा स्वरमा तयार भएको गीतमा प्रदीप खड्का आना शर्मा र दिव्या रायमाझी फिर्चर्ड छन । 

नव निर्देशक राजन भुषालको निर्देशनमा तयार फिल्मको के भरोसा गरम बोलको गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन । गीत यस्तो बनेको छ हेर्नुस ।