काठमाण्डौँ । अत्यन्त कमजोर पब्लिसिटी देखिएको फिल्म बम बहादुर आजबाट प्रर्दशनमा आएको छ ।
भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारिएको यस फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन । फिल्मले १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलर सार्वजनिक हुँदा बम बहादुरलाई निकै राम्रो प्रतिक्रिया मिलेको थियो तर प्रोडक्सन टिमले राम्रो प्रतिक्रिया पाउँदा पाउँदै पनि शसक्त पब्लिसिटी नगर्दा यो फिल्मको व्यापारमा असर पर्न सक्ने संकेत देखिएका छन ।
आजबाट देशैभर प्रर्दशनमा आएको यो फिल्मलाई जोन राईले निर्देशन गरेका हुन ।