‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटालाई जोडीका रूपमा प्रस्तुत गरिएको छ।

नेपालको रंगमञ्चमा अभिनेता तथा निर्देशकका रूपमा चिनिएका विशाल यस फिल्मका लागि अडिसनमार्फत छनोट भएका हुन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार उनको अभिनय कौशलका कारण डेब्यु फिल्ममै स्वस्तिमासँग जोडी बाँध्ने अवसर प्राप्त भएको हो।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशालले रंगमञ्चमार्फत अभिनय यात्रा सुरु गरेका थिए। नाटकमा काम गर्दै अनुभव बटुलेका उनले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। पछिल्लो समय उनलाई उदाउँदा कलाकारका रूपमा हेरिन थालिएको छ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ गएको थियो। त्यसपछि विभिन्न चरणको अडिसन पार गर्दै उनी फिल्मका लागि छनोट भएका थिए।
विशालले रंगमञ्च र फिल्म अभिनयबीच भिन्नता रहेको बताउँदै नाटकमा पात्रलाई एकैपटक पूर्ण रूपमा जिउन पाइने तर फिल्ममा दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने अनुभव सुनाए। उनले फिल्मको कथा समाजको यथार्थसँग जोडिएको उल्लेख गरे।

नयाँ टिमसँग काम गर्न पाउँदा आफूलाई सहज लागेको बताउँदै उनले स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए। साथै उनले दर्शकलाई फिल्म परिवारसहित हेर्न आग्रह गरेका छन्।

फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकमाझ लोकप्रिय बनेको छ। उक्त गीतलाई युट्युबमा करिब ८० लाखभन्दा बढी भ्युज प्राप्त भइसकेको छ भने टिकटक, फेसबुक रील्स लगायत प्लेटफर्ममा यसमा आधारित भिडिओहरू पनि बढिरहेका छन्।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायत कलाकारको अभिनय रहेको छ।

यस फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। फिल्म दशैंमा रिलिज गर्ने तयारी निर्माण पक्षको

Leave a Reply