नीता ढुङ्गानाको ‘पार्वर्ती’ छायांकनमा निस्कँदै,भदौ १२ बाट प्रदर्शन तय

काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्कँदैछ। निर्माण टिमका अनुसार फिल्मको छायांकन चैत २४ गतेबाट सुरु हुने छ।
फिल्मकी निर्देशक नीता ढुङ्गानाले भनेकी छन्, “हामी यहीँ चैत २४ गतेबाट छायांकन सुरु गर्दैछौँ।

 

वितरक र अन्य सरोकारवालासँगको सल्लाह अनुसार फिल्मलाई भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने तयारीमा छौँ।”फिल्ममा निर्देशक ढुङ्गानासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ।

 

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बराल डीओपी रहेका छन् भने सरोज अधिकारी क्रियटिभ निर्देशकको रुपमा पहिलो पटक काम गर्दैछन्। उनी कार्टुन क्रुका डान्सर तथा निर्देशक पनि हुन्।

फिल्मको कार्यकारी निर्माता तथा प्रोडक्सन हेर्ने व्यक्ति शंकर पाण्डे रहेका छन्। सम्पादन साहिल खानले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेनले तयार गरेका छन्।

Leave a Reply