काठमाडौं । एक्सन, सस्पेन्स र थ्रिलर मिश्रित फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले टिजरमार्फत दिवंगत अभिनेता सुनिल थापा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
फिल्मको क्लाइमेक्स दृश्य छायांकन भइरहेका बेला अभिनेता थापाको निधन भएपछि यो फिल्म उनलाई समर्पित गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्देशक माइकल चन्द को निर्देशनमा बनेको फिल्मको टिजरमा अभिनेता विराज भट्ट लाई फरक एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार र खुशी कार्की लगायत कलाकारको अभिनय छ ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । फिल्म चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
News Filmy Newsportal / Nepal