काठमाडौं । यही शुक्रबार अर्थात् फागुन २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को अग्रिम टिकट बिक्री खुला गरिएको छ।
देशभरका सिनेमा घरहरूले बिहीबारदेखि फिल्मको अग्रिम टिकट बिक्री सुरु गरेका हुन्। प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि फिल्मले देशभरबाट ६० भन्दा बढी शो पाएको बताइएको छ। निर्वाचनपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म पनि हो।
यौन व्यवसायीहरूले भोग्ने समस्या, पीडा र मानसिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छिन्। नायक जीवन भट्टराई, नायिका उषा रजक र कलाकार शिशिर वाङदेद मुख्य भूमिकामा देखिएका छन्।
फिल्ममा अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपालले फिल्मको वितरणको जिम्मेवारी लिएको छ।
News Filmy Newsportal / Nepal