काठमाडौं। अपराध र बदलाको कथामा आधारित नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गरी फिल्मको औपचारिक घोषणा गरिएको छ।
मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। निर्माण टिमले काठमाडौं आसपासका क्षेत्रमा करिब ४० दिन छायांकन गर्ने योजना बनाएको छ। साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुनिल पाण्डेले निर्देशन गर्नेछन्। यो उनका लागि डेब्यु निर्देशन हुनेछ। उनले फिल्ममा एक आम परिवारको जीवनमा आउने अनपेक्षित मोड र त्यसपछिको बदलाको कथा देखाउने बताए।
फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र आकृति बुढाथोकी प्रमुख भूमिकामा देखिनेछन्। आकृतिले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्नेछिन्। साथै, घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा र अनामिका लामिछाने पनि फिल्ममा अभिनय गर्नेछन्।
छायांकन शरद महतोले गर्नेछन् भने द्वन्द्व निर्देशन सम्राट बस्नेतले गर्नेछन्। निर्मातामा विजय राजवंशी र रोशन पासवान रहेका छन् भने एभरेष्ट फिल्म एकेडेमीले निर्माणमा सहकार्य गरेको छ। फिल्मका कार्यकारी निर्माता विशाल श्रेष्ठ र सह-निर्माता केशव गौतम रहेका छन्। निर्माण टिमले छायांकन सकिएको छ महिनाभित्र फिल्म प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
News Filmy Newsportal / Nepal