शान र सलिनाको स्वरमा तयार भएको रोमान्टिक गीत ‘संगी’ सार्वजनिक

काठमाडौं। गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानको नै संगीतमा तयार भएको गीतको गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् । गीतको अडियो निकै कर्णप्रिय रहेको छ।  

गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका छन्।  मनाङ्गको सुन्दर दृश्यमा खिचिएको भिडियोमा दुवैको जोडी निकै आकर्षक देखिएको छ। मनाङ्गमा ५ दिन लगाएर खिचेको भिडिओको मेकिङ्ग उच्च देखिएको छ।  खराब मौसमको बीचमा  टिमले गरेको मिहेनत भिडियोमा स्पष्ट देख्न सकिन्छ।

 पल र सजिनाको केमेष्ट्री जति आकर्षक देखिएको छ, मनाङ्गका दृश्यमा दुवैलाई सुन्दर देखाउन छायाँकारले गरेको मिहेनत पनि उत्तिकै देखिएको छ। किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन्।

भिडियोको प्रोजेक्ट म्यानेजरको रुपमा प्रवेश खत्रीले काम गरेका छन्। ५ दिनसम्म मनाङ्गमा यो टिमलाई लगेर व्यवस्थापन गरेर भिडियो तयार गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Leave a Reply