‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको नयाँ सहकार्य, फिल्म ‘पेट्रोल पम्प’ को घोषणा

काठमाडौं । गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ पछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम पुनः नयाँ प्रोजेक्टमा जुटेको छ। यो टिमले सामाजिक विधा ९सोसल ड्रामा० मा आधारित फिल्म ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेको हो।

फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् भने यसको कथा पनि उनैले लेखेका हुन्। अघिल्लो फिल्ममा जस्तै यसपटक पनि केकी अधिकारी निर्माताको रूपमा रहनेछिन्। फिल्म विसं। २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

‘बोक्सीको घर’ रिलिजकै समयमा हामीले उपयुक्त विषयवस्तु मिलेको खण्डमा पुनः सहकार्य गर्ने बताएका थियौँ। ‘पेट्रोल पम्प’ मार्फत त्यो समय आएको छ। अघिल्लो फिल्ममा जस्तै यसमा पनि दर्शकले नयाँ स्वाद र फरकपन पाउनेछन्।”

निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा रहने कलाकार र प्राविधिक टोलीको बारेमा भने अहिले केही खुलाएको छैन। “को–को कलाकार र प्राविधिक रहने भन्नेबारे हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ,” केकीले थपिन्।

यसअघि केकी र सुलक्षणले सहकार्य गरेको ‘बोक्सीको घर’ ले बक्स अफिसमा ११ करोड रुपैयाँभन्दा बढीको व्यापार ९ग्रस कलेक्सन० गरेको थियो। सो फिल्ममा केकी मुख्य भूमिकामा थिइन् भने सुलक्षणले पनि महत्वपूर्ण भूमिका निभाएका थिए। विशेषगरी फिल्मको गीत ‘बुझिन मैले’ र केकीको अभिनयले निकै चर्चा पाएको थियो।

Leave a Reply