काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै फिल्मको छायांकनसमेत सुरु भएको छ ।
डिएमएस मल्लको निर्देशनमा बन्न लागेको यो फिल्म उनको डेब्यु निर्देशन हो । यसअघि उनले करिब ५० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्देशक मल्लका अनुसार फिल्मको छायांकन एक महिनासम्म चल्नेछ । छायांकन काठमाडौं र नेपालगन्जमा हुनेछ ।
नेपाली आमाबाट जन्मिएका र भारतीय बाबु भएका एक छोराको कथामा आधारित फिल्मको शीर्ष पात्र ‘बम बिहारी’ हो । कथावस्तु सोही पात्रको वरिपरि घुम्नेछ । फिल्मको कथा र लगानीसमेत निर्देशक मल्लकै रहेको छ ।
फिल्ममा सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा) र झरना रिसाल मुख्य भूमिकामा रहनेछन् । साथै सुरबिर पण्डित, ध्रुब बुढाथोकी, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको पनि अभिनय रहनेछ । सुमन ज्योतीले फिल्ममा नकारात्मक भूमिकामा देखिने बताएका छन् ।
सात वर्षपछि फिल्ममा फर्किएकी झरना रिसालले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ फिल्ममा अभिनय गरेकी छन् । ‘बम बिहारी’ उनको चौथो फिल्म हो ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने फिल्ममा सरोज बुढाथोकीको मेकअप रहनेछ । रामेश्वर हुमागाईंको टिमले छायांकन गर्ने फिल्मको सम्पादन गौतमराज खड्काले गर्नेछन् । फिल्ममा अनुपम चौधरीका गीत समावेश रहनेछन् ।
फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।फिल्मको छायांकनसमेत सुरु भएको छ ।
डिएमएस मल्लको निर्देशनमा बन्न लागेको यो फिल्म उनको डेब्यु निर्देशन हो । यसअघि उनले करिब ५० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्देशक मल्लका अनुसार फिल्मको छायांकन एक महिनासम्म चल्नेछ । छायांकन काठमाडौं र नेपालगन्जमा हुनेछ ।
नेपाली आमाबाट जन्मिएका र भारतीय बाबु भएका एक छोराको कथामा आधारित फिल्मको शीर्ष पात्र ‘बम बिहारी’ हो । कथावस्तु सोही पात्रको वरिपरि घुम्नेछ । फिल्मको कथा र लगानीसमेत निर्देशक मल्लकै रहेको छ ।
फिल्ममा सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा) र झरना रिसाल मुख्य भूमिकामा रहनेछन् । साथै सुरबिर पण्डित, ध्रुब बुढाथोकी, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको पनि अभिनय रहनेछ ।
सुमन ज्योतीले फिल्ममा नकारात्मक भूमिकामा देखिने बताएका छन् ।सात वर्षपछि फिल्ममा फर्किएकी झरना रिसालले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ फिल्ममा अभिनय गरेकी छन् । ‘बम बिहारी’ उनको चौथो फिल्म हो ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने फिल्ममा सरोज बुढाथोकीको मेकअप रहनेछ । रामेश्वर हुमागाईंको टिमले छायांकन गर्ने फिल्मको सम्पादन गौतमराज खड्काले गर्नेछन् । फिल्ममा अनुपम चौधरीका गीत समावेश रहनेछन् ।फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
News Filmy Newsportal / Nepal