महेश त्रिपाठी ‘शिरजरा’ मा अनुबन्धित

काठमाडौं । पछिल्लो समयका व्यस्त अभिनेता महेश त्रिपाठी नयाँ फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ मा अनुबन्धित भएका छन्। फिल्मको शीर्ष भूमिकाका लागि उनी एक महिनाअघि नै अनुबन्धित भए पनि बुधबार मात्रै औपचारिक घोषणा गरिएको हो।

यो फिल्ममा आफ्नो भूमिका दार्शनिक छविको रहेको अभिनेता त्रिपाठीले बताए। उत्तरआधुनिक (मेटा–मोर्डन) कथावस्तुमा निर्माण हुने फिल्मको आधा भाग नेपाल र आधा भाग विदेशमा छायांकन गर्ने तयारी छ।

अभिनेता त्रिपाठी यतिबेला घरेलु बक्स अफिसमा सफल कलाकारका रूपमा चिनिएका छन्। उनले अभिनय गरेको फिल्म ‘परान’ यतिबेला १८ करोड रुपैयाँको कलेक्सनतर्फ उन्मुख छ, जुन कमाइका हिसाबले सर्वकालीन चौथो सफल नेपाली फिल्म बन्ने दौडमा छ।

सन् २०२५ मा उनी अभिनित ‘लाज शरणम्’, ‘रेशम फिलिली’ र ‘११ः५५’ जस्ता फिल्महरू प्रदर्शनमा आए। हालै ‘ककाकिकी’ र ‘३६ को आँकडा’ को काम सकेका उनी अहिले ‘झिंगेदाउ २’ को छायांकनमा व्यस्त छन्।

विकास सुवेदीको पटकथा र निर्देशन रहने फिल्म ‘शिरजरा’ मा नेपाल र अमेरिकाको संयुक्त लगानी रहनेछ। सुवास भुसाल (नेपाल) र क्रिस बेरुटी (अमेरिका–कार्यकारी निर्माता)।  फेब्रुअरी २०२६ (फागुन) देखि सुरु हुने।फिल्मको प्राविधिक काम पोल्याण्डमा गरिने जनाइएको छ।

प्रि–प्रोडक्सनको चरणमा रहेको यो फिल्मले नेपाली मौलिक कथालाई दार्शनिक र आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

Leave a Reply