काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट लाई रोमान्टिक तथा उत्साहपूर्ण भावमा प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरूको खुसी मुद्रा र छेउमा उडिरहेको भालेले फिल्मको प्रतीकात्मक र रमाइलो कथावस्तुको संकेत गरेको छ ।
विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत र फलित राई । राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा, विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा लगायतका कलाकारको अभिनय छ ।
प्रसिद्धि सिने आर्ट्स को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माताहरू त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन् ।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन् भने शिव ढकाल ले फिल्म खिचेका हुन् । फिल्ममा साप शक्ति र बाबुल गिरीको संगीत, कमल राई र इन्द्रदेव महर्जनको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको सम्पादन बनिश शाह ले गरेका हुन् ।
News Filmy Newsportal / Nepal