काठमाडौं । आगामी माघ १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । अभिनेता प्रकाश सपूत र मेलिना राई को स्वर रहेको ‘मिरमिरे भो’ बोलको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ ।
सार्वजनिक गीतमा युवा र युवतीबीचको आकर्षण र प्रेमलाई चित्रण गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु फिचर्ड छन् ।
गीतको भिडियोले फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गरेको छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशबीचको प्रेम र नोकझोकलाई गीतमा सुन्दर ढंगले उतारिएको छ । यसअघि सार्वजनिक फिल्मको टिजरमा पनि यी तीन पात्रको सम्बन्धका केही झलक देखाइएको थियो ।
कथावस्तुस् फिल्मको टिजरमा बुवा र छोरीबीचको भावनात्मक सम्बन्धलाई प्राथमिकता दिइएको छ, जहाँ दयाहाङ राई बुवा र शाइसा गौचन छोरीको भूमिकामा देखिएका छन् ।
फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाका साथै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त लगायतको अभिनय छ ।
यार्सा फिल्मस् को प्रस्तुति रहेको यस फिल्मका निर्माताहरू निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । फिल्मको कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् । फिल्मलाई आरआर फिल्मस् ९रोहित कट्टेल र रत्न श्रेष्ठ० ले देशभर वितरणको जिम्मेवारी लिएको छ ।
News Filmy Newsportal / Nepal