काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो।
२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस।२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको देख्न सकिन्छ।
ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल,अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल,स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी,दिनेश डिसी,सविन बास्तोला,खबपु लगायतलाई देख्न सकिन्छ। रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्मको को–प्रोड्युसर रिता चौधरी हुन्। फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी ९विमर्शी० को छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी ९विमर्शी० रहेका छन्। फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ।
News Filmy Newsportal / Nepal