माघ १ मा रिलिज हुने ‘मिरमिरे’: निर्देशक शेर्पा भन्छन्—‘बुवाको त्याग र सन्तानप्रतिको माया मेरुदण्ड’

काठमाडौं । पछिल्ला वर्षहरूमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले नेपाली बक्स अफिसमा लगातार सफलता पाइरहेका छन् । यही भावनात्मक धरातलमा आधारित अर्को कथा ‘मिरमिरे’ आगामी माघ १ गते देखि दर्शकसमक्ष आउँदैछ । यसपटक फिल्मको केन्द्रमा बाउ–छोरी को न्यानो सम्बन्ध रहेको छ।

फिल्ममा आमाले घर छाडेपछि एक्ला बुवा दयाहाङ राई ले विद्यालय, घरधन्दा, स्याहार–सम्भार र जागिर सबै एक्लै सम्हाल्दै छोरीलाई सुन्दर भविष्य दिन संघर्षरत यात्रालाई देखाइएको छ ।

निर्देशक यम शेर्पा भन्छन्, “हरेक अभिभावकका लागि सन्तान नै ब्रह्माण्ड हो। बुवाले छोरीका लागि गर्ने त्याग र माया हाम्रो कथाको मेरुदण्ड हो।”

हरेक अभिभावकका लागि सन्तान नै ब्रह्माण्ड हो । बुवाले छोरीका लागि गर्ने त्याग र माया हाम्रो कथाको मेरुदण्ड हो । फिल्मले दर्शकलाई आफ्नै घरको कथा सम्झाउनेछ र धेरैले यसमा आफूलाई सहजै भेट्नेछन् ।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको ‘मिरमिरे’ मा दयाहाङ राई र प्रकाश सपूत को मुख्य भूमिका रहेको छ । उनीहरूका साथै सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माताहरू निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । आरआर फिल्म्स रोहित कट्टेल र रत्नश्रेष्ठ ले देशभर वितरणको जिम्मा लिएको छ ।

Leave a Reply