बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा मुख्य कलाकारहरू मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० र वर्षा शिवाकोटी को आकर्षक रूपरंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ । पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी देखिन्छिन् भने बल्छी धुर्बे सोही रिक्साको सीटमा खुसी मुद्रामा प्रस्तुत छन् । उनीहरूको हावभावले सरल र रमाइलो जीवनशैली झल्काउँछ ।

बल्छी धुर्बे फिल्म्स को ब्यानरमा निर्माण भइरहेको यो फिल्मको निर्देशन स्वयं मरिचमान श्रेष्ठ ले गरेका हुन् ।

फिल्ममा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी लगायतका कलाकारहरूको भूमिका रहेको छ ।

फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभरको वितरण अधिकार श्री ब्याकटेस इन्टरटेनमेन्ट ले लिएको छ ।

Leave a Reply