काठमाडौं । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ ९यही बिहीबार० बाट प्रदर्शनमा आउन लागेको यो फिल्मले यी दुई देशमा पहिलो साता पाँच सयभन्दा धेरै शो पाएको छ ।
फिल्मका सह–निर्माता रमेश चौलागाईं ले दर्शकको चाप उच्च भएका शोहरू अझै थपिने विश्वास व्यक्त गरे ।
फरेन मार्केटमा नेपाली फिल्मले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा हो । यसले समग्र नेपाली फिल्म उद्योगका लागि नै सकारात्मक पक्ष हो,ू सह–निर्माता चौलागाईंले बताए ।
गत बिहीबारबाट नेपालमा रिलिज भएको ‘अभिमन्यु’ ले यहाँ पनि राम्रो दर्शक पाएको छ । हलहरूमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।
अधिकांश समय सस्पेन्स सिर्जना गर्दै यो फिल्मले मधेसमा समस्याको रूपमा रहेको दाइजो प्रथा र पछिल्लो समय नेपाली समाज कसरी ुईजी मनीु का लागि अनेक तिकडम गरिरहेको छ भन्ने कथा भन्छ ।
अभिमन्युु हेर्ने दर्शकले फिल्मको सिक्वेलको माग गरेका छन् । मेकरले सुरुमै च्याप्टर–१ भनेकाले सिक्वेल आउने निश्चितप्रायः छ ।
सुशान्त गौतम ले निर्देशन गरेको ‘अभिमन्यु’ का निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन् । यो फिल्ममा कामेस्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।
News Filmy Newsportal / Nepal