‘झिँगेदाउ–२’ को छायांकन खोपासी जुजु गाउँबाट सुरु

काठमाडौं । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँ बाट फिल्मको छायांकन सुरु गरिएको हो।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ ।

कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् । फिल्मका निर्माताहरू सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् ।

निर्माण टिमका अनुसार, स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै फिल्मको छायांकन निरन्तर अघि बढाइनेछ ।

Leave a Reply