प्रदर्शनरत फिल्म ‘हर्ष’ को ‘पाहुना’ गीत सार्वजनिक

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ । स्वर्गिय निर्देशक शिव रेग्मी को शब्द रचना र समीर/हिमाल को कम्पोजमा वसन्त सापकोटा ले पुनः प्रतिपादन (प्रतिवाद) गरेको यो गीतमा गरिमा अधिकारी को स्वर छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साइमन वादी फिचर्ड छन् । उनलाई खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारसँगै देख्न सकिन्छ ।

फिल्म रिलिज भएसँगै बालकलाकार साइमनको चर्चा फिल्मवृत्तमा निकै बढेको छ । उनी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । अभिनेत्री वर्षा राउतले पनि विभिन्न हलमा पुग्दा दर्शकले दिने उत्कृष्ट प्रतिक्रियाले आफूलाई हर्षित बनाएको बताइन् ।

गत शनिबार फिल्म हेरेको पोखरा एभेन्जर्स को टिमले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो फिल्म हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएको थियो ।

यो फिल्मलाई एकता पौडेल ले निर्देशन गरेकी हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् र उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।

फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply